Monday, 26th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

मकवानपुरबाट १६९ किलाे गाँजा बरामद, ट्रकसहित दुई पक्राउ

IMG_20210714_145620-1626254091.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ६९ किलो लागूऔषध गाँजा , भारतीय ट्रक सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सोही ठाँउ बस्ने ३१ वर्षिय मुक्तार सैफिक रहेका छन् ।

उनीहरुलाई ३० असारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित पूर्व पश्चिपम लोकमार्ग सडक खण्डमा हेटौडा तर्फबाट बारा तर्फ जाँदै गरेको बिआर ०१ जीजी ९४९५ नम्बरको भरतीय ट्रकलाई चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको १ सय ६९ किलो लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।

उक्त लागूऔषध गाँजा, भारतीय ट्रक सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg