nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरगढी गाउँपालिकाको बजेट ३९ करोड ८८ लाख
८ वटा विध्येक पािरत 

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि ३९ करोड ८८ लाख १३ हजारको बजेट स्वीकृत गरेको छ । गाउँपालिकाको तेस्रो नगरसभाले प्राथमिकता समेत तोकेर बजेट स्वीकृत गरेको हो ।

गाउँपालिकाले संघीय सरकारबाट वित्तिय समानिकरण अनुदानतर्फ रु. ८ करोड ८३ लाख, राजस्व वाँडफाँड तर्फ ६ करोड ५४ लाख ६५ हाजर, शसर्त अनुदान (शिक्षा, स्वास्थ्य, कृषि, पशु, उर्जा, महिला विकास र फोहोर मैला व्यवस्थापन तथा सामजिक सुरक्षाभत्ता ) तर्फ १६ करोड ५ लाख,  प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदानतर्फ ७९ लाख ११ हजार, शसर्त अनुदानतर्फ रु. १ करोड ७१ लाख, आन्तरिक आयतर्फ ५ करोड ९५ लाख ३७ हजार गरी जम्मा ३९ करोड ८८ लाख १३ हजार आय अनुमान सभामा कार्यपालिकाका सदस्य टिका प्रसाद दाहालले पेश गरेका  थिए । सभा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा भएको थियो ।

सभाबाट चालु खर्च तर्फ २३ करोड ६० लाख ६६ हजार (५९.२ प्रतिशत) र पुँजीगतखर्च तर्फ रु.१६ करोड २७ लाख ४७ (४०.८ प्रतिशत) गरी कुल ३९ करोड ८८ लाख १३ हजारको व्यायअनुमान पेश भएको थियो । 

सभाले पास गरेको बजेट अनुसार आर्थिक विकास तर्फ २ करोड ९३ लाख ८६ हजार, सामाजिक विकास तर्फ १५ करोड ४१ लाख १४ हजार, भौतिक पुर्वाधार तर्फ १३ करोड ३३ लाख ६१ हजार, वन तथा वातावरण तर्फ १ करोड २४ लाख ५२ हाजार, संस्थागत विकास सेवा प्रवाह तथा शुसानतर्फ ६ करोड ९५ लाख रुपियाँ विनियोजन भएको छ । 

८ वटा विध्येक पािरत 

मकवानपुर गढी गाउँपालिकाले विभिन्न आठ वटा विध्येक पारित गरेको छ ।

गाउपालिकाको तेस्रो गाउासभाले कर तथा गैर कर लगाउने र उठाउने विद्येयक, २०७५, कृषि व्यवसाय प्रर्वद्धन विद्येयक, २०७५, एफ.एम.रेडियो व्यवस्थापन तथा संचालन कार्यविधि ऐन, २०७५, पुर्वाधार व्यवस्थापन ऐन, २०७५, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्वन्धमा व्यवस्था गर्न बनेको विद्येय,२०७५, अनाथ तथा जोखियुक्त बालबालिकालागि सामाजिक सुरक्षा (कार्य संचालन) कार्यविधि ऐन, २०७५,  स्थानीय स्वास्थ्य तथा  सरसफाई ऐन, २०७५, र मकवानपुरगढी गाउँपालिकाको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विद्येयक, २०७५ पास गरेको प्रमुख प्रशासकीय अधिकृत भिम परियारले जानकारी दिए ।