nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरगढीमा बाली उपचार शिविर

मकवानपुरको मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा २८ मा मकवानपुरगढी ५,धादिङ, आमभऩ्ज्याङमा घुम्ती बाली उपचार शिविर संचालन गरिएको छ ।

शिविरमा कृषकहरुले लगाएको बालीनालीमा देखिएका समस्याहरु ल्याई उपचारका विधिहरुको विषयमा जानकारी दिनुको साथै निस्शुल्क रुपमा जैविक विषादीहरु वितरण गरिएको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिए ।  शिविरमा २८ जना कृषकहरुले शिविरमा ल्याएको ५० वटा विभिन्न रोगी विरुवाहरुको नमूना परीक्षण गरिएको थियो । शिविरमा किसानहरुले लौका, करेला, कॉक्रो, भिन्डी, फर्सी, गोलभेडा, खुर्सानी, बोडी, सिमी, धानको बेर्ना, मकैलगायतको बालीको उपचार गरिएको थियो । 

मकवानपुरगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष जीतबहादुर घिमिरेको विशेष उपस्थितीमा शिविर भएको हो । शिविरमा फल कुहाउने औसा, लाही किरा, मिलिवग, टुटा एबसोलुटा, ओइलाउने रोग, पतेरो किरा लगायतको समस्याहरु देखिएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । 

मकवानपुरगढी गाउँपालिका वडा नं ६ डुम्रेकुना स्थित कृषि उपज संकलन केन्द्रमा हरेक महिनाको २० गते नियमित बाली उपचार शिविर संचालन हुने गरेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)