nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको ५० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै

vitamin-a-program-1594015331.jpg

 मकवानपुर जिल्लामा सोमबारबाट ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको प्रदेश स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले सोमबारबाट खुवाउन सुरु गरिएको भिटामिन ‘ए’ र जुकाको औषधी जिल्लाको १० स्थानीय तहका ५० हजार २ सय बालबालिकालाई खुवाउने लक्ष्य रहेको जनाएको छ ।

त्यसको लागि जिल्लाको विभिन्न ५ सय ५० वटा खोप केन्द्रमा महिला स्वमसेविकाहरु परिचान गरिसकेको पनि प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायले बताए ।

उनका अनुसार, भिटामिन ‘ए’ र जुकाको औषधीहरु भोलि असार २३ गते मंगलबार साँझसम्मका खुवाइसकिने लक्ष्य रहेको र त्यसको तत्कालै अनुगमन गर्न पनि सम्बन्धित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी खटाइसकेको छ ।

आजबाट देशभरका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । आज खान छुटेकालाई भोलि खुवाइने छ ।

गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरस ९कोभिड–१९० को कारण गत चैत २१ गते स्थगित गरिएको थियो ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष कोरोना महामारीका कारण दोस्रो चरणको कार्यक्रम असार २२ र २३ गते तय गरिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)