Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको राक्सीराङमा चट्याङले एकको मृत्यु, १९ जना घाइते

chatyang-1586932522.jpg

 राक्सिराङ गाउँपालिका–७ धिराङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । १९ जना घाइते छन् । हावाहुरीसँग परेको चट्याङले ४० वर्षीय चैतसिंह चेपाङको मृत्यु भएको हो।

घाइतेमध्ये कृष्णबहादुर चेपाङ, रामबहादुर चेपाङ, आलिमाया चेपाङ र महेन्द्र चेपाङको अवस्था गम्भीर रहेको प्रदेश सांसद सन्तबहादुर चेपाङले बताए। उनका अनुसार मंगलबार राति ९ वटा घरमा चट्याङ परेको थियो।

घाइतेहरूको धिराङस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। सांसद चेपाङ र मनहरीको प्रहरी टोली घटनास्थल गइरहेको छ। आइतबार र सोमबार राक्सिराङ र कैलास गाउँपालिकामा चट्याङले १८ जना घाइते भएका थिए। 

इकान्तिपुरबाट ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०