nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको राइगाउँदेखि रौतहटसम्म मोटरबोट चल्यो

मकवानपुरको पूर्विक्षेत्र राईगाउँदेखी रौतहट जिल्लाको क्यान्टिनसम्म जलमार्गमा मोटरबोट सुभारम्भ गरिएको छ । 

सांसद विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको बीस लाख लागतमा मोटरबोट निर्माण गरिएको हो । करिब ७ किलोमिटर लामो पर्यटन जलमार्गमा मोटरबोट सञ्चालन थालिएको हो ।

मकवानपुरको बागमती गाउँपालिका वडा नंबर २ बाट रौतहटको क्यान्टीनसम्म सञ्चालन हुने मोटरबोटको आइतबार परिक्षण समेत गरिएको छ । प्रतिनिभिसभा सांसद, अर्थ विकास समतिका सभापति कृष्णप्रसाद दाहालले १ वैशाखमा मोटरबोट परिक्षण गरे ।

मोटरबोट सुभारम्भ गरिएपछि राइगाउँबाट रौतहट जाने सर्वसाधारणका लागि राहत मिलेको छ । उनीहरु अबदेखि आफू वर्षाका बेलामा समस्यामा पर्नु नपर्ने भएको बताउँछन् । अब राइगाउँसम्म आफूहरुलाई आवश्यक पर्ने सामन ओसारपसारको लागि सजिलो भएको उनीहरुले बताए ।

मोटरबोट सुभारम्भमा मकवानपुरबाट प्रतिनिधीत्व गर्ने प्रदेशसभाका सांसद, गाउँपालिकाका प्रतिनिधी लगायतको उपस्थिती थियो । प्रदेश ३ कासांसद प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, बकैया गाउँपालिका उपाध्यक्ष सरला वोलखे लगायतको उपस्थितीमा मोटरबोट सुभारम्भ गरिएको हो ।