Thursday, 22nd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

मकवानपुरको फाखेलमा बाल विवाह विरुद्ध अभियान

मकवानपुरको फाखेल गाउँ बिकास समितिमा क्रियाशील गाउँ बाल संरक्षण समिति गाविसमा कहिँकतै बाल विवाह भयो कि निगरानी बढाउन थालेको छ । पहिलेको तुलनामा समितिले बाल विवाह रोक्न थप सक्रिय भएको हो । 

संरक्षण समितिले स्थानीय विभिन्न संघ संस्थाहरु र प्रहरी चौकी फाखेलसंगको सहकार्यमा बाल विवाह रोक्न अभियान नै चलाउन थालेको छ । फाखेलमा बाल विवाह बढ्न थालेपछि न्यूनीकरणका लागि अभियान चलाउन थालेको हो । गाउँ बाल संरक्षण समिति फाखेलका अध्यक्ष जीवन लामा नेतृत्वको टोलीले फाखेलकी १४ वर्षिया ममता पाख्रीन (नाम परिवर्तन) को हुनलागेको विवाहलाई घरमै गएर दुलाह, दुलही दुबै पक्षलाई विवाह नै रोकेको छ । बाल विवाह विरुद्धमा संचालन भएको अभियानमा फाखेल प्रहरी चौकीले पनि सहयोग गरेको प्रहरी जवान श्यामकृष्ण श्रेष्ठले जानकारी दिए । विगत एक बर्ष देखि प्रेम सम्बन्धमा रहेको हेटौंडा उपमहानगरपालिका ६ पदमपोखरीका २३ वर्षिय रामु (नाम परिवर्तन) विवाह गर्ने अन्तिम तयारी भएको थियो । स्बाल संरक्षण समितिका अध्यक्ष लामा नेतृत्वको टोली केटीको घरमै गएर बिबाह रोक्न सफल भएको हो । 

फाखेलमा बाल विवाह रोक्ने यो अभियानमा गाउँ बाल संरक्षण समिति संगै सकृय महिला बचत तथा ऋण सहकारी संस्था लि, ग्रामीण महिला सेवा केन्द्र हेटौंडा, इन्द्र सरोवर युवा क्लब मार्खु, युवा महिला सञ्जाल फाखेल, प्रहरी चौकी फाखेल, गाउँ विकास समिति फाखेललगायतको सहभागीता रहेको छ । 

मकवानपुरको फाखेलमा यस अघि पनि गाउँ बाल संरक्षण समिति फाखेलको टोलीले फाखेल १ मा हुनलागेको बाल विवाह रोकेका थिए । बालमैत्री गाउँ बिकास समितिको रूपमा घोषणा उन्मुख भएको फाखेलमा बाल विवााह न्यूनिकरण प्रमुख चुनौति रहेको सकृय महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सबिना लामाले बताइन् । 
 



https://thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg