nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको फाखेलमा पिकअप भ्यानमा आगजनी

मकवानपुरको फाखेलमा नचिनेका मान्छेहरुको समूहले  गुडिरहेको पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी-फाखेल सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका-४ हुमानेमा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनी गरेको जनाइएको छ। 

१० माघ बिहान अन्दाजी २ बजेको समयमा १०/१२ जनाको समुहमा आएका मानिसले चालकलाई ओरालेर आगो लगाएको भन्ने जानकारी पाइएको ४ नम्बर वडा अध्यक्ष धनवीर स्याङ्तानले बताए ।

आगजनीबाट पिकअपको अगाडिको भाग जलेर नष्ट भएको छ । घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। नेकपा विपल्व समुहले १० माघमा नेपाल बन्दको आव्हान गरेकोले बन्द सफल पार्न आगजनी गरेको हुनसक्ने प्रहरीकाे अनुमान छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)