nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भिमफेदी अगाडि, पुच्छारमा बकैया

Tyhah-1556159861.jpg

मकवानपुरको पुर्ननिर्माणमा ४१ प्रतिशत प्रगति देखिएको छ । 

कुल लाभग्राही ३४ हजार २७८ रहेको मकवानपुरमा १४ हजार २९४ भूकम्पपीडितले घर बनाएका छन् । यस अनुसार ४१.७० प्रतिशत लाभग्राहीले घर पुर्ननिर्माण गरी तेस्रो किस्तासम्मको अनुदान लिएका छन् । 

पुर्ननिर्माणमा सबैभन्दा बढि प्रगति भिमफेदी गाउँपालिकाको रहेको छ । लाभग्राहीको ५९ प्रतिशतले भिमफेदीमा घर बनाएका छन् भने राक्सिराङ गाउँपालिकामा ५७.७४ प्रतिशतले घर बनाए भने कैलाश गाउँपालिकामा ५५.७८ प्रतिशत लाभग्राहीले घर बनाएका छन् । 

त्यस्तै थाहा नगरपालिकामा ४७.५९, इन्द्रसरोवर ४१.२५, मकवानपुरगढी ४३.३२, मनहरी ३७.३७, बागमती ३६.९५, हेटौंडा उपमहानगरपालिका ३४.३६ र बकैया २०.४३ प्रतिशत लाभग्राहीले घर बनाएका छन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)