Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भिमफेदी अगाडि, पुच्छारमा बकैया

Tyhah-1556159861.jpg

मकवानपुरको पुर्ननिर्माणमा ४१ प्रतिशत प्रगति देखिएको छ । 

कुल लाभग्राही ३४ हजार २७८ रहेको मकवानपुरमा १४ हजार २९४ भूकम्पपीडितले घर बनाएका छन् । यस अनुसार ४१.७० प्रतिशत लाभग्राहीले घर पुर्ननिर्माण गरी तेस्रो किस्तासम्मको अनुदान लिएका छन् । 

पुर्ननिर्माणमा सबैभन्दा बढि प्रगति भिमफेदी गाउँपालिकाको रहेको छ । लाभग्राहीको ५९ प्रतिशतले भिमफेदीमा घर बनाएका छन् भने राक्सिराङ गाउँपालिकामा ५७.७४ प्रतिशतले घर बनाए भने कैलाश गाउँपालिकामा ५५.७८ प्रतिशत लाभग्राहीले घर बनाएका छन् । 

त्यस्तै थाहा नगरपालिकामा ४७.५९, इन्द्रसरोवर ४१.२५, मकवानपुरगढी ४३.३२, मनहरी ३७.३७, बागमती ३६.९५, हेटौंडा उपमहानगरपालिका ३४.३६ र बकैया २०.४३ प्रतिशत लाभग्राहीले घर बनाएका छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०