Thursday, 10th September, 2026
वि.स.

मकवानपुरको दुबै प्रतिनिधिसभा सिट एमालेलाई, प्रदेशमा एमाले र माओवादीले दुई दुई सिट बाँडे

आगामि २१ मंसिरमा हुने चुनावका लागि मकवानपुरको दुई वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र एमालेको भागमा परेको छ । प्रदेश सभाका लागि हुने जिल्लाको चार क्षेत्र मध्ये एमाले र माओवादीले दुई दुई क्षेत्र बाँडेका छन् । 

प्रदेश सभाको सिट कुन कस्को भागमा परेको भन्ने विषय अहिलेसम्म नखुलाईएको भए पनि प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर १ को (क) माओवादीको भागमा र (ख) एमालेको भागमा तथा प्रतिनीध सभा निर्वाचन क्षेत्र नम्बर २ को (क) एमालेको भागमा (ख) माओवादीको भागमा पर्ने स्रोतले बतायो ।  

दोश्रो चरणाको चुनावका लागि एमाले महासचिव इश्वर पोखरेलको नेतृत्वमा बनेको कार्यदलले निर्वाचन क्षेत्र बाँडफाँड गरेको हो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०