Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको दश वटै स्थानीय तहद्वारा राहत वितरण सुरु

rahat-1586586304.jpg

मकवानपुरका दश वटै स्थानीय तह दैनिक ज्यालादारी गर्ने मजदुर परिवारलाई राहत वितरणमा केन्द्रीत भएका छन् । कोरोना भाइरसका त्रासले गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने, अत्यन्त गरिव परिवारलाई खाद्यान्नको समस्या परेको भन्दै राहत वितरणमा केन्द्रीत भएका हुन् ।

राहत वितरणको काम सवै वडा मार्फत गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले भने पहिलो चरणको राहत वितरणको काम सकेर दोश्रो चरणको राहत वितरणको काम सञ्चालन भइरहेको मेयर हरिबहादुर महतले जानकारी दिए । हेटौंडाका धेरैजसो वडामा दोश्रो चरणको राहत वितरणको काम भइरहेको उनले वताए।

हेटौंडाका १० वटा वडा मध्यमा १० वटा वडाले दोश्रो चरणको राहतका सामाग्री पनि लगिसकेका छन् । जिल्लाका अरु स्थानीय तहले पनि राहत वितरणको काम जारी राखेका छन् । मनहरी गाउँपालिकाले हाल सम्म १ हजार ५ सय परिवारलाई राहत वितरण गरिसकेको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । अरु राहत वितरण भने क्रमश गरिने उहाँले वताउनुभयो । दैनिक ज्यालादारी गर्नेको नाम पनि संकलन गर्ने र राहत वितरणको काम पनि गरिने उनले वताए ।

मकवानपुरको थाहा नगरपालिका, मकवानपुर गढी गाउँपालिका, कैलाश गाउँपालिका, राक्सीराङ गाउँपालिका, बकैयाँ गाउँपालिका, बागमती गाउँपालिका, भिमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकाले पनि राहत वितरणको कामलाई सुरु गरेका छन् । भिमफेदी गाउँपालिकाले पहिले राहत पाउनेको नाम सार्वजनिक गरेर खाद्यान्न वितरण गर्न लागेको अध्यक्ष हिदम लामाले वताए। सवैजसो स्थानीय तहले दैनिक ज्यालादारी गर्ने, यसअघि पनि ज्यालाका भरमा काम गर्ने परिवारसंगै गरिव परिवारलाई समेत राहत वितरण गरेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०