Tuesday, 27th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

मकवानपुरको थाहा नगरपालिकामा दमकल भित्रियो

मकवानपुरको थाहा नगरपालिकामा दमकल भित्रिएको छ । नेपाल सरकारले देशका विभिन्न नयाँ नगरपालिकाहरुमा दमकल खरिदका लागि बजेट पठाएसंगै थाहामा पनि बजेट पठाएको थियो ।

बजेट पठाए पश्चात् दमकल खरिद गर्ने थाहा अग्र स्थानको नगरपालिका हो । नगरपालिका भएसंगै उपकरणहरु क्रमशः भित्रिन थालेकोमा थाहा नगरबासीहरुलाई सुविधा पनि थपिने भएको छ । दमकल जस्तो नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यकीय सवारी भित्रनु खुशीको कुरा भएको थाहा नगरपालिकाका कार्यकारी अधिकृत जीवन प्रसाद आचार्यले बताए । 

नगरपालिकामा भित्रिएको दमकलको सही सदुपयोग सहित नागरिकको सहयोगमा प्रयोग हुने कार्यकारी अधिकृत आचार्यले प्रतिवद्धता व्यक्त गरे ।
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg