Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको थाहा नगरपालिकामा दमकल भित्रियो

मकवानपुरको थाहा नगरपालिकामा दमकल भित्रिएको छ । नेपाल सरकारले देशका विभिन्न नयाँ नगरपालिकाहरुमा दमकल खरिदका लागि बजेट पठाएसंगै थाहामा पनि बजेट पठाएको थियो ।

बजेट पठाए पश्चात् दमकल खरिद गर्ने थाहा अग्र स्थानको नगरपालिका हो । नगरपालिका भएसंगै उपकरणहरु क्रमशः भित्रिन थालेकोमा थाहा नगरबासीहरुलाई सुविधा पनि थपिने भएको छ । दमकल जस्तो नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यकीय सवारी भित्रनु खुशीको कुरा भएको थाहा नगरपालिकाका कार्यकारी अधिकृत जीवन प्रसाद आचार्यले बताए । 

नगरपालिकामा भित्रिएको दमकलको सही सदुपयोग सहित नागरिकको सहयोगमा प्रयोग हुने कार्यकारी अधिकृत आचार्यले प्रतिवद्धता व्यक्त गरे ।