Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको थाहानगरमा हिलेजात्रा मनाइयो

हरेक बर्ष जस्तै यस वर्ष पनि २६ साउनमा नेपालमै मकवानपुरमा मात्र गाई जात्राको पर्सीपल्ट बनाइने हिलेजात्रा मनाइएको छ । कहिलेदेखि मनाउने थालियो भन्ने एकीन नभए पनि थाहा नगरमा मनाइने हिलेजात्राको प्रसंग स्थानीय नेवार जातीको खेतीकर्म र पौराणिक कालको देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको स्थानीय शम्भुभक्त नापित बताए । 

धेरै पहिलेदेखि धान खेती गर्दै आएको थाहा नगरको टिष्टुङ पालुङ क्षेत्रमा धान रोपेर सकेपछि फुर्सदमा रहेका नेवार समुदायले रोपाइको अभिनय गरेर मनोरन्जन गर्ने गरेको नापितले बताए । यस अवसरमा घट्टेचौरमा गणेश, इन्द्रायाणी, कुमारी र कालाभैरबको रुपमा देउता नचाउने गर्दछन् । 
खासगरी महादेव र देवासुरबीच महासंग्राम भएको र अन्त्यमा देवासुरले भाद्र कृष्ण द्वितीयका दिन घुँडा टेकेकोले सोही दिनलाई आधार मानी जात्रा मनाउन शुरु गरिएको बुढापाकाहरु बताउँछन् ।

जात्राको अवसरमा नेवार समुदायले देवता दैत्य युद्धलाई अभिनयको माध्यमबाट देखाउने गर्दछन् । थाहा–२ को देउला वस्ती, थाहा–३ को गोपाली बस्ती लगायत नेवार बस्तीहरुबाट निकालिएको हिलेजात्रा थाहा–३को घट्टेचौरमा पुगेर नाच तथा अभिनय देखाइएको थियो । परम्परागत रुपमा नेवार समुदायकै व्यक्तिहरुले अभिनय गर्ने गर्दछन् । हिले जात्राका दिन नेवार समुदायले लाखे नाच पनि देखाउने चलन रहँदै आएको छ । 

फोटोहरु:  विजयविक्रम श्रेष्ठ/पालुङ



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०