nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको थाहानगरमा राष्ट्रिय कवि सम्मेलन हुने

Sahitya-1529062133.jpg

थाहा नगरपालिकामा राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । थाहा आन्दोलनका अगुवा स्वर्गिय रुपचन्द्र विष्टको स्मृति दिवसको अवसरमा कवि सम्मेलन गर्न लागिएको हो । सम्मेलन असार ७ गते विकास घर शिखरकोटमा हुने नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए ।

थाहा नगरपालिका र पालुङ साहित्य परिषद्को संयुक्त आयोजनामा हुने सम्मेलनमा मुलुकभरका सातै प्रदेशका साहित्यकारहरुको सहभागिता रहने पालुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अञ्जानले जानकारी दिए । 

लामो समयदेखि साहित्यको क्षेत्रमा क्रियाशील साहित्य परिषद्ले यस पटक भने राष्ट्रिय सम्मेलन गर्न लागेको अध्यक्ष बर्तौलाले जानकारी दिए । राष्ट्रिय कवि सम्मेलनले मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा मिल्ने विश्वास लिइएको छ । थाहा नगरमा नै पहिलो पटक आयोजना गर्न लागिएको सम्मेलनको तयारी तिब्र पारिएको अध्यक्ष बर्तौलाले जानकारी दिए । सम्मेलनलाई सफल पार्नको लागि सबैको सहयोग आवश्यक रहेको उनले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)