Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा बस दुर्घटना दुईको मृत्यू ३५ घाइते जना [अपडेट]

Accident01-Next-1500378474.jpg

त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा ३५ जना गम्भीर घाइतेछन् ।

मकवानपुरको कैलाश गाउँपालिकाको पकनेबाट काठमाण्डौका लागि छुटेको ना४ख ४५६७ नम्बरको बस दुर्घटना हुँदा कैलास गाउँपालिका गोगनेकी २५ वर्षिया कमला दोङको उपचारको क्रममा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा र कैलाश गाउँपालिका डाँडाखर्कका ३० वर्षिय कुन्साङ लामाको उपचारको लागि काठमाण्डौं लैजादै गर्दा बाटैमा मृत्यू भएको पालुङ प्रहरीले जानकारी दिएको छ । 

गम्भीर घाइते हुनेहरुको थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने अरु घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।  गाडी दुर्घटना हुँदा सडकबाट करिब एकसय मीटर तल पुगेको छ ।