Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको गोगने गाविस पूर्ण खोपयुक्त गाविस घोषणा

Redcross-1481106884.jpg


मकवानपुरको गोगने गाउँ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गोगनेलाई २२ मंसीरमा एक कार्यक्रमको आयोजना गरी नेपाल रेडक्रस सोसाईटीका सभापति तथा केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपानेले पूर्ण खोपयुक्त गाविस घोषणा गरेका हुन् ।

गोगनेमा ८५ प्रतिशत बालबालिका तथा खोप लगाउन तोकिएका समूहले खोप लगाएको गोगने स्वास्थ्य चौकीले जनाएको छ । कार्यक्रम जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाको विशेष आतिथ्यमा भएको थियो । कार्यक्रमका अतिथीहरुलाई गोगने गाविसका सामाजिक परिचालक कमल लामाले स्वागत गरेका थिए । 

कार्यक्रममा विभिन्न संघसंस्थाका पदाअधिकारीहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम गोगने गाविस गाविसका सहायक राम बहादुर थिङको सभाध्यक्षतामा भएको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)