Sunday, 6th September, 2026
वि.स.

मकवानपुरको गोगने गाविस पूर्ण खोपयुक्त गाविस घोषणा

Redcross-1481106884.jpg


मकवानपुरको गोगने गाउँ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गोगनेलाई २२ मंसीरमा एक कार्यक्रमको आयोजना गरी नेपाल रेडक्रस सोसाईटीका सभापति तथा केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपानेले पूर्ण खोपयुक्त गाविस घोषणा गरेका हुन् ।

गोगनेमा ८५ प्रतिशत बालबालिका तथा खोप लगाउन तोकिएका समूहले खोप लगाएको गोगने स्वास्थ्य चौकीले जनाएको छ । कार्यक्रम जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाको विशेष आतिथ्यमा भएको थियो । कार्यक्रमका अतिथीहरुलाई गोगने गाविसका सामाजिक परिचालक कमल लामाले स्वागत गरेका थिए । 

कार्यक्रममा विभिन्न संघसंस्थाका पदाअधिकारीहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम गोगने गाविस गाविसका सहायक राम बहादुर थिङको सभाध्यक्षतामा भएको थियो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०