Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कुलेखानी-इन्द्रसरोवर प्रदेश ३ को पर्यटकीय गन्तव्य घोषणा

सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्ने गरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको हो ।

पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार प्रदेश नं १ मा इलामको सन्दकपुर, प्रदेश नं २ मा धनुषाको धनुषाधाम, प्रदेश नं ३ मा मकवानपुरको कुलेखानी (इन्द्रसरोवर), गण्डकी प्रदेशमा कास्कीको पञ्चासे, प्रदेश नं ५ मा कपिलवस्तुको निग्लिहवा, कर्णाली प्रदेशमा मुगुको रारा र प्रदेश नं ७ मा कैलालीको भादागाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ ।

सरकारको चालु आवको बजेट र नीति तथा कार्यक्रममा परेको सो योजना कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको पर्यटन मन्त्रालयको योजना महाशाखाका प्रमुख सहसचिव नीता पोखरेलले बताइन् ।

उनले नमूना पर्यटकीय गन्तव्य विकास गर्न स्थान छनोट भई आवश्यक कार्यान्वयनका लागि पर्यटन विभागलाई जिम्मेवारी दिइएको जानकारी दिइन् । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नमूना पर्यटकीय गन्तव्य विकासका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए । “सात प्रदेशमा पर्यटकीय गन्तव्य निर्माणका लागि गुरुयोजना बनिसकेको छ, अब टेण्डर प्रक्रिया अघि बढाउँछौँ ।

कुन गन्तव्यका लागि कति बजेट चाहिन्छ आवश्यक गृहकार्य गरी मन्त्रालयलाई पठाउँछौँ,” उनले भने । नमूना गन्तव्यका लागि पाँच करोड विनियोजन गरिएको छ । यो पुरानो योजनाअनुसारको रकम भएको र पर्यटकीय गन्तव्यको विस्तृत विकासका लागि थप रकम विनियोजन हुनेछ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०