nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको उत्तरी क्षेत्रमा पनि एटिएम सेवा

मकवानपुरको उत्तरी क्षत्रमै थाहानगरमा पहिलो पटक यति डेभलपमेन्ट  बैंकले एटिएम सेवा शुरु गरेको छ । एटिएमको ६ मंसीरमा एक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विरेन्द्र पनेरुले उद्घाटन गरे । 

थाहा नगरपालिकाको थानाबजार शुरु भएको एटिएम सेवाले उत्तरी मकवानपुरबासीलाई निकै सहज भएको छ । एटिएम सेवा शुरु भएपछि बैङ्ङ क्षेत्रमा थप एक खुट्किला अघि बढेको यति विकास बैंककी शाखा प्रमुख संगिता बज्रचार्यले बताइन् । उत्तरी मकवानपुर पर्यटकिय क्षेत्र भएकोले बाहिरबाट आउने पर्यटकलाई समेत सहज हुने पालुङ जेसीजका संस्थापक अध्यक्ष तथा व्यवशायी पुरुषोत्तम ढकालले बताए । 

यति डेभलपमेन्ट बैकले विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सेवा प्रदान गर्ने शाखा प्रमुख बज्रचार्यले बताइन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)