nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरकै पहिलो संस्थागत सुत्केरी वडा घोषणा

fffffffffffffffffffff-1564773449.png

मकवानपुर थाहा नगरपालिका वडा नंम्बर ६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनेमा प्रदेश–३ कै दोस्रो वडा हो । यसअघि धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर २ र ३ घोषणा भैसकेको छ । 

वडा नम्बर ६ मा रहेको बज्रवाराही स्वास्थ्य चौकीमा एक समारोहको आयोजना गरी १७ साउनमा नगरपालिकाका मेयर लवशेर विष्टले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् । वडा नम्बर ६ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणाका लागि सामाजिक विकास मन्त्रालय प्रदेश–३ ले गएको जेठ महिनामा प्रमाणिकरण गरेको थियो । 

स्वास्थ्य संस्थामा प्रसुति गराउ“दा आमा तथा बच्चाको स्वास्थ्यमा केहि जटिलता आएमा पनि समाधान हुन सक्ने तथा शिशु तथा मातृमृत्युदर घटाउने नगरपालिकाको उदेश्य रहेको छ वडा नम्बर–६ का १ सय १४ गर्भवती महिलाले आर्थिक वर्ष २०७५÷०७६ मा स्वास्थ्य संस्थामा प्रसुति सेवा लिने लक्ष्य राखिएकोमा गर्भवती संख्या १ सय १८ पुगेको थियो । लक्ष्य अनुसार १ सय ३५ गर्भवती महिलाले चौथो पटकसम्म स्वास्थ्य संस्थामा गर्भ परीक्षण गरिसकेको थाहा नगरपालिका स्वासथ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । नियमित गर्भजा“च गराएका १ सय ५८ गर्भवति महिला मध्ये १ सय १ जना गर्भवति महिलाले स्वास्थ्य संस्थामै गएर प्रसुति सेवा लिएका छन् । बा“की ५७ जना सुत्केरी हुनै बा“की रहेका छन् । वडाबासीहरुमा स्वास्थ्य संस्थामा प्रसुति सेवा लिनुपर्छ भन्ने धारणा समेत विकास भएकोले वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले जानकारी दिए ।

थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा बज्रवाराही स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शशीधर सुवेदीको सभाध्यक्षतामा भएको घोषणा सभाको प्रमुख अतिथी नगरपालिकाका मेयर लवशेर विष्ट रहेका थिए । कार्यक्रममा विष्टले नगरपालिकाले मातृ तथा शिशु मृत्यूलाई कमी गर्नको लागि थालेको यो घोषणा कार्यक्रम कार्यान्वयन सहित सबै १२ वटै वडामा क्रमशः संचालन गरिने बताए । 

वि.सं. २०५२ सालमा स्थापना भएको बज्रवाराही स्वास्थ्य संस्थाको मुख्य सेवा क्षेत्र रहेको वडा नम्बर ६ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गराउनको लागि कार्ययोजना बनाएरै काम गरेको स्वासथ्य संयोजक मेघराज बलामीले बताए । उनले भने, कार्ययोजना अनुसार काम गरे सफल भइने रहेछ, समुदायका व्यक्तिहरुको उल्लेख्य सहयोग मिल्यो यसैमा हामी खुशी छौं । कार्ययोजना निर्माणमा जनप्रतिनीधिहरु, संघसंस्था सबैको सहयोग र साथ मिलेको बलामीले बताए ।