nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका स्थानीय तहमा प्राविधिक कर्मचारी भर्ना गर्न बाटो खुल्यो

कर्मचारी समायोजनपछीको समयमा पनि प्राविधिक कर्मचारी अभाव भएपछि मकवानपुरका स्थानीय तहलेहरुले करारमा प्राविधिक कर्मचारीहरु भर्ना गर्ने निणय गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको बैठकले यो निर्णय गरेको हो ।

२५ चैतमा जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा स्थानीय तह समन्वय समितिको बैठकले जिल्लाका सबै १० वटै स्थानीय तहका लागि बाटो खुलाएको हो । यद्यपि मकवानपुर थाहा नगरपालिकाले भने गत असारमै प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि बनाइ कार्यान्वयनमा ल्याइ सकेको थियो । हरेक महिनाको २५ गते बस्ने नियमित बैठक सोमबार मकवानपुरगढी गाउँपालिकामा बसेको थियो । जिल्लाका १० वटै स्थानीय तहले एक महिनामा गरेका उपलब्धी एवम् समस्या लगायतका बारेमा एक अर्का बिच अनुभव आदान प्रदान गर्ने उद्श्यले जिससले हरेक महिना बैठक आयोजना गर्दै आएको छ । यस अघि जिल्ला समन्वय समितिमै बस्ने गरेको नियमित बैठक यो पटक गढी गाउँपालिकामा अवस्थित ऐतिहासिक मकवानपुरगढी दरबारमा बसेको हो ।

स्थानीय तहहरुले बिशेषगरि अहिले स्थानीय तहहरुमा कर्मचारी अभावको समस्या रहेको बताएका छन । उनिहरुले सबै कर्मचारी संघ र प्रदेशमा समायोजन भएकोले स्थानीय तहमा अहिले कर्मचारीको व्यापक अभाव रहेको बताएका छन । कर्मचारी अभावमा सोचे अनुसारको काम गर्न नसकिएको उनिहरुको भनाई रहेको थियो । बैठकमा मवानपुरका १० वटै स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बैठक बसेको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)