Friday, 30th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

मकवानपुरका स्थानीय तहमा धमाधम बन्दैछ, बाल संरक्षण नीति 

मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति निर्माणको कार्य यतिबेला धमाधम भइरहेको छ । जिल्लाको विभिन्न गाउँपालिकामा बाल संरक्षण नीति निर्माणका लागि बाल कल्याण समाज मकवानपुरले प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोगमा लैङ्गिक रुपान्तरण, बाल संरक्षण र बालिका शक्ति’ परियोजना सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत गाउँपालिकामा बाल संरक्षण नीति निर्माण कार्यले तिब्रता पाएको हो । बाल संरक्षण नीति निर्माणका लागि आजबाट मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा कार्यशाला सुरु भएको छ । 

आगामी दुई वर्षभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी सहित सुरु कार्यशालामा गाउँपालिका अध्यक्ष जीवन लामाले आफूहरु बालमैत्री गाउँपालिका बनाउने अभियानमा रहेकाले प्लान तथा बाल कल्याण समाजबाट सहयोग पाउँदा खुशी लागेको बताए । ‘हामी सरोकारवाला सबै मिलेर गाउँपालिकाका लागि आवश्यक बाल संरक्षण नीति बनाउन लागिपरेका छौं ।’ अध्यक्ष लामाले भने,‘सहयोगीहरुबाट नीति निर्माणका लागि सहयोग पाउँदा काम प्रभावकारी हुने अपेक्षा छ ।’ अध्यक्ष लामाले सबै सरोकारवालासंग मिलेर गाउँपालिकालाई बालमैत्री बनाउन प्रतिबद्घ रहेको बताए । 

दुई दिनसम्म चल्ने कार्यशालामा गाउँपालिकाका जन प्रतिनिधी, कार्यपालिका सदस्य, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विद्यालयका शिक्षक, बालक्लवका प्रतिनिधि, स्वास्थ्यचौकीका प्रतिनिधी, प्रहरी लगायत सरोकारवालाको सहभागिता छ । कार्यशालामा केन्द्रिय बाल कल्याण समितिका बालअधिकार स्रोत व्यक्ति हाल प्रदेश ३ स्थित सामाजिक विकास मन्त्रालयमा कार्यरत बद्री वाग्लेले सहजीकरण गरिरहेका छन् ।

बाल कल्याण समाजले प्लानको सहकार्यमा यसअघि मकवानपुरको मनहरी र भीमफेदी गाउँपालिकामा बाल संरक्षण नीति निर्माण गरिसकेको छ । परियोजना अन्तर्गत अब राक्सिराङ् गाउँपालिकाका लागि बाल संरक्षण नीति निर्माण गरिने बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयालले जानकारी दिए । बालमैत्री स्थानीय शासनका लागि आवश्यक ३९ वटा सूचकांकमध्ये बाल संरक्षण नीति पनि महत्वपूर्ण भएकाले आफूहरुले परियोजनामापःर्mत गाउँपालिकामा बाल संरक्षण नीतिका लागि सघाउ पु¥याउने परियोजना सञ्चालन गरिरहेको कार्यक्रम प्रबन्धक फुयालले जानकारी दिए ।  
  
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg