Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका सञ्चारकर्मी खड्का जापानमा सम्मानित

skhadka-jee-1574646347.png

मकवानपुरका सञ्चारकर्मी सुनिल खड्का जापानमा सम्मानित भएका छन् ।

मकवानपुर जापान समाजले आज जापानको टोकियो सहरमा एक कार्यक्रमको आयोजना गरि खड्कालाई सम्मान गरेको हो ।
पत्रकारिता तथा सामाजिक क्षेत्रमा कृयाशिल रहि खड्काले समाजमा पुर्याएका योगदानको कदर गर्दै खड्कालाई सम्मान गरिएको मकवानपुर-जापान समाजका अध्यक्ष बच्चुराम अर्यालले बताए ।

खड्का अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल स्वकीय सचिव तथा प्रेस सल्लाहकार हुन् भने हेटौंडामा रहेको रेडियो सन्देश १०६.९ मेगाहर्जका अध्यक्ष र निकास साप्ताहिकको प्रकाशक समेत हुन् । उनी विगत १७ बर्षदेखी निरन्तर पत्रकारिता कृयाशिल छन् ।

मकवानपुरको हाडिखोलामा जन्मिएका खड्का हाल हेटौंडा – ८ कमानेका स्थायी बासिन्दा हुन । स्वास्थ मन्त्री र शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रीको प्रेस सल्लाहकार रहदा खड्काले जिल्लाको समग्र क्षेत्रमा गर्नुभएको काम र पत्रकारिताको क्षेत्रबाट समाजमा दिनुभएको योगदानको कदर स्वरुप खड्कालाई प्रवासी नेपालीहरुको सस्था मकवानपुर-जापान समाजले आज एक कार्यक्रमका बिच सम्मान गरेको समाजका महासचिव श्रीराम रिजालले जानकारी दिए ।

कार्यक्रममा भिजिट नेपाल-२०२०, नेपालाको समग्र शैक्षिक अवस्था, नेपालमा रोजगारीको संभावना र अवसर लगायतका बिषयमा बृहत अन्तर्कृया पनि गरिएको थियो । जापानमा बस्दै आउनुभएका मकवानपुर जिल्लाबासीहरु को सस्था मकवानपुर-जापान समाजले प्रवासमा समस्या परेका नेपालीहरु लाई सहयोग गर्ने, नेपालमा परेको प्राकृतिक बिपत्तिमा सहयोग गर्ने, लगायतका विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

भविष्यमा नेपालमै स्वरोजगारमुखी कार्यक्रमहरु संचालन गरि युवाहरु लाई बिदेश जान रोक्ने लक्ष्य लिएको यो सस्था जापानको कृयाशिल सस्था हो । रेडियो सन्देशका अध्यक्ष समेत रहनु भएका खड्का एसिया र युरोप मुलुकका प्रशारक सस्थाहरुको सम्मेलन (56th Asia-Pacific Broadcasting Union General Assembly and Associated Meetings) मा सहभागी हुन जापान पुगेका थिए । 

कार्यक्रम मकवानपुर-जापान समाजका अध्यक्ष बच्चुराम अर्यालको अध्यक्षता सम्पन्न भएको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०