Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका नर्सहरुले तीन घण्टा काम छोडे

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित नर्सहरुको पुर्नबहालीको माग गर्दै विगत एक सातदेखि आन्दोलनरत नर्सहरुले देशव्यापी रुपमा  १ माघदेखि तीन घण्टाका लागि काम छोडेका छन् ।

केन्द्रबाट निष्काशित नर्सका साथै अन्य कर्मचारी सहित सातै जनालाई पुर्नबहाली गरिनु पर्ने लगायतका ११ बुँदे माग राख्दै नर्सहरुले १ माघदेखि तीन घण्टाका लागि काम छाडेका हुन् । सोही कार्यक्रम अनुसार नर्सिङ संघ मकवानपुरले पनि  कालो पट्टि सहितको तीन घन्टा सेवा ठप्प पारेका थिए । माग पूरा नभएसम्म आन्दोलन जारी रहने नर्सिङ संघ मकवानपुरकी आजिवन सदस्य कृतिका आचार्यले बताइन् ।

स्वास्थ्य मन्त्रालयले नर्सहरुको मागप्रति कुनै सुनुवाई नगरेपछि नेपाल नर्सिङ्ग संघको पूर्व घोषित कार्यक्रम अनुसार नै नर्सहरुले माघ १ गतेदेखि तीन दिनसम्मका तीन घण्टा काम छोडेका हुन् ।

उनीहरुले आन्दोलनकै क्रममा त्यसपछिको तीन दिन पूरै काम छोड्ने गरी पहिलो चरणको कार्यक्रम तय गरेको संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन् ।

त्यति गर्दा पनि मन्त्रालयद्वारा मागको सुनुवाई नभए आन्दालनको दोश्रो चरणमा पूरै काम ठप्प पारी मन्त्रालय घेराउ गर्ने नर्सिङ्ग संघले चेतावनी दिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०