Tuesday, 27th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

दुई सांसदले सार्वजनिक गरे विकासे कार्यक्रम र बजेट

मकवानपुरका दुई सांसदले हेटौंडामा पत्रकार सम्मेलन मार्फत निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । मकवानपुर क्षेत्र नं ३ का सांसद अनन्त पौडेल र ४ नम्बर क्षेत्रका सांसद राजाराम स्याङ्तानले ३ पौषमा हेटौंडामा पत्रकार सम्मेलन गरेर कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । नेकपा एमाले जिल्ला पार्टी कार्यालय हेटौँडामा प्रेस चौतारी मकवानपुरले गरेको पत्रकार सम्मेलनमा सांसद पौडेलले यो वर्ष सबैभन्दा धेरै बजेट राप्ती तटबन्धनमा विनियोजन गरेको बताए । हेटौँडा १ मा रहेको हेटौँडा अस्पताल, चाइनाक्वाटर, चौकिटोल सहितको वस्ती बचाउनको लागि रापती तटबन्धन अत्यावश्यक रहेको भन्दै उनले चाइनाक्वाटर—चौकीटो–हेटौँडा अस्पताल संरक्षणको लागि ४० लाख रुपैँया विनियोजन गरेको बताए ।

त्यस्तै मकवानपुर क्षेत्र नं ४ का सांसद राजाराम स्याङतानले आफ्नो गृह गाविस समेत रहेको हाँडिखोलामा गोरेटो बाटो तथा पक्की पुल निर्माणको लागि ४० लाख रुपैँया विनियोजन गरेका छन भने मकवानपुरको विकट सरिखेत, भार्ता, काँकडा लगाएतको क्षेत्रमा जनताको चाहाना अनुसार विकास निर्माणको कार्यक्रम तय गरेको बताए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg