Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका चेपाङ्ग बालबालिकालाई न्यानो कपडा

मकवानपुरका सिमान्तकृत बालबालिकाका लागि जाडोयामलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको छ । मनहरी र राक्सीराङ्ग गाउँपालिकासँगको समन्वय तथा कोर ईन्टरनेशनल क्यानडाको सहयोगमा हिमालयन मानवअधिकारकर्मी समूह (हिमराइट्स) मकवानपुरले कपडा वितरण गरेको हो ।

सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्र्तगत मनहरीको प्रजा आधारभुत विद्यालय र राक्सीराङ्गको प्रजाजागृति बिद्यालयका ९–९ जना चेपाङ्ग बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो ।

मनहरीमा आयोजित कपडा वितरण कार्यक्रम मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्य तथा विद्यालया अध्यक्ष राजुप्रसाद खनालको अध्यक्षतामा भएको थियो । त्यस्तै, राक्सीराङ्गमा आयोजित कपडा वितरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्य तथा विद्यालयका अध्यक्ष जयकान्त प्रजाको अध्यक्षतामा भएको थियो ।

यसैगरी, जाडो महिनालाई मध्यनजर गरि सरिखेतको सुर्योदय माध्यमिक विद्यालय र मनहरीको सगरमाथा आधारभुत विद्यालयमा पनि न्यानो कपडा वितरण गरिने हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाले बताईन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)