nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका चार गाउँपालिकाका शिक्षकलाई कस्टुमाईज्ड तालिम

थाहा नगरपालिकाको जनकल्याण मावि पाँच दिने कस्टुमाईज्ड तालिम ३० वैशाखमा सकिएको  छ । विषयगत शिक्षकहरुसंग उत्कृष्ट नतिजामा केन्द्रित रहन आवश्यकिय रणनीति तथा योजना निर्माण सहजताका लागि तालिम आयोजना गरिएको हो । 

काभ्रे तालिम केन्द्रको आयोजना तथा जनकल्याण माविको व्यवस्थापनमा भएको तालिममा थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र ईन्द्रसरोबर गाउँपालिकाका विभिन्न विद्यालयका २९ जना अंग्रेजी र गणित विषयका शिक्षकहरुको सहभागिता थियो । सहभागीहरुलाई बज्रवाराही माविका प्रधानाध्यापक सुर्य प्रसाद घिमिरे र नाटेश्वर माविका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद अर्याललले सहजिकरण गरेका थिए । जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्कीको सभाध्यक्षता तथा थाहा नगरपालिकाका शिक्षा प्रमूख शोभाकर रेग्मीको प्रमूख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो । 

विषयगत नतिजा ल्याउन र थप उत्साह दिन आयोजित तालिमको समापन कार्यक्रममा शिक्षा प्रमूख रेग्मीले आगामी दिनमा भन्दा फरक तरिकाको अवधारणालाई अब उजागर गर्दै जाने, परीक्षामा विद्यार्थीले प्राप्त गर्ने प्रयोगात्मक र सैद्धान्तिकको अंकलाई सफ्टवेयर प्रणालीबाट विकास गराईने, आवश्यकतामा आधारित रहेर शैक्षिक तालिम गोष्ठिको अवधारणा प्राप्त भए, उचित अध्ययन गरि आवश्यक सहयोग गर्नको लागि सदैव नगर शिक्षा र आफू तत्पर रहने प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा बोल्दै जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्कीले विषयगत नतिजा तथा समग्र शैक्षिक नतिजा उत्कृष्ट बनाउनका लागि अब हिजोको भन्दा फरक अनि विकासे नीतिलाई अवलम्बन गर्दै सबै शिक्षकरु, सरोकारवालाहरु अगाडि बढ्नु पर्नेमा जोड दिए ।  जनकल्याण माविको सभाहलमा भएको तालिममा विषय अंग्रेजीबाट प्रतिनिधित्व गर्दै तालिमका सहजकर्ता नाटेश्वर माविका शिक्षक रुपचन्द्र गोपालीले तालिमको गरिमा उच्च रहेको र यस्तो गरिमाका तालिमको आयोजना भईरहँदा सुव्यस्थित तालिम हल, प्राविधिक सामाग्रीहरुको अभाव लगायतका समस्या देखिएको हुँदा आगामी दिनमा व्यवस्थित बनाउनका लागि सम्बन्धित निकाय र आफूहरु कसरी अघि बढ्ने भन्नेमा चिन्ता व्यक्त गरे । कार्यक्रममा विषय गणितबाट प्रतिनिधित्व गर्दै जनकल्याण माविका शिक्षक शशीकला काफ्लेले तालिम उपयोगी रहेको बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)