Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भ्रष्टचार नियन्त्रण गर्न अब मालपोतमा अख्तियारको अड्डा राखिने

download-1503041098.jpg

अख्तियारले बढी सेवाग्राहीको बढी घुइँचो हुने तथा भ्रष्टाचार हुने सरकारी कार्यालयहरूमा सचेतनामूलक होडिङ बोर्ड राख्ने भएको छ ।

आयोगले ३ भदौदेखि नै ‘राष्ट्रसेवक कर्मचारीहरूले घूसररिसवत मागेमा १०७ मा फोन गर्नुहोला’ भन्ने व्यहोराको होडिङ बोर्ड सरकारी कार्यालयमा राख्ने तयारी गरेको जनाएको छ ।

जसअन्तर्गत पहिलो चरणमा बढी भ्रष्टाचार हुने देखिएका स्थानमा यस्तो होडिङबोर्ड राखिने अख्तियारले बताएको छ ।

‘अहिले यातायात कार्यालय, श्रम कार्यालय र मालपोत तथा नापी कार्यालयमा यस्तो होडिङ बोर्ड राख्नेछौं,’ आयोगका प्रवक्ता कोइरालाले भने ।
आयोगका अनुसार हटलाइनबाट आएको सूचनाको तत्काल सम्बोधन गरिनेछ । एकपटकमा सात वटा फोनकल ‘रिसिभ’ गर्नसक्ने व्यवस्था मिलाइएको अख्तियारले जनाएको छ ।