nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भ्यालीहार्टका विद्यार्थीले दिए चुनावी झल्को

थाहानगरस्थित पालुङ भ्याली हार्ट एकेडेमीमा २ असारमा चुनावी झल्को निक्कै रमाइलो देखिन्थो । अन्य राजनीतिक चुनावमा मतदाताहरु जस्तो काम छाडेर मतदानमा भाग लिन्थे, स्कुलमा भएको चुनावमा विद्यार्थीहरु पनि त्यसरी नै लागे । २ असारमा थाहानगरका धेरै विद्यार्थीहरुको देवाली पूजा थियो तर, मतदानका लागि भन्दै मतदान गर्नेमध्ये ८२ प्रतिशत विद्यार्थी निर्वाचनमा सहभागि बने । 

विद्यालयले प्रजातान्त्रिक अभ्यास हुने र निर्वाचन विधिका विषयमा प्रयोगात्मक हुने भन्दै स्कुल क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गराइएको विद्यालय संयोजक सरु पौडेलले जानकारी दिए । विद्यार्थीहरु माझ आइतबारबाटै चुनावको रौनकता देखिएको थियो । निर्वाचनमा उम्मेदवारहरु सौहार्द र सहिष्णुतापूर्वक प्रस्तुत हुनुपर्ने सिकाउनका लागि उपलब्धीपूर्ण रहेको विद्यालयले जनाएको छ । एक एक पदका लागि भएको निर्वाचनमा ३÷३ जना उम्मेदवारहरुले आ—आफ्नो पक्षमा मत मागेका थिए । आफू निर्वाचित भए के—के गर्ने भन्ने एजेण्डाहरु ककसमा प्रस्तुत गरेर निर्वाचनमा भाग लिए । ‘कुल ९८ जनाले मतदान गरेकोमा कुनै पनि मत बदर भएन । यहि खुसीको कुरा हो ।’ प्रिन्सिपल सुरेन्द्रमान प्रधानले भने, ‘सानासाना बालबालिकालाई एक पटक सिकाइएको मतदान अभ्यास पूर्ण रुपमा सिके ।’    

छात्र एकातिर र छात्रा एकातिरको लाइनमा आफ्नो परिचयपत्रसहित उभिएका थिए । दुइ दुइ जना उम्मेदवार प्रतिनिधिहरुले मतदाताको नाम रुजु गर्दै मतदानका लागि पठाइदै लाइनमा निर्वाचन आचारसंहिता विपरित कृयाकलाप नगर्न समेत भन्दै थिए । चुनाव चिन्ह सहितको मतदानमा साँच्चिकै कुनै निर्वाचनको कार्यक्रम भइरहेको भान हुन्थ्यो । निर्वाचनमा कक्षा १० का ओमस प्रधानले ५० मत प्राप्त गरी स्कुल क्याप्टेन र कक्षा ९ का उत्सव गोतामेले ४७ मत प्राप्त गरी भाइस क्याप्टेनमा निर्वाचित भएका छन् ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)