nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

भोली हुने महाचुनी जात्राको तयारी पुरा, सम्पुर्णमा आमन्त्रण

इन्द्रसरोवर गाउँपालिका वडा नं ५ मा रहेको महाचुनी मन्दिरमा भोलि अर्थात बैशाख २९ गते लाग्ने जात्राको लागी तयारी पुरा भएको छ । इन्द्रसरोवर गाउँपलिका र थाहा नगरपालिकाको सिमानामा रहेको महाचुनी मन्दिरमा सदाका बर्ष झै यो बर्ष पनि महाचुनी जात्रा हुन लागेको हो । इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेलको खड्बु र थाहा नगरपालिका चित्लाङ कपुगाउँको बिचको जङ्गलमा रहेको मन्दिरमा खड्बु र कपुगाउँमा रहेका नेवारी सम्प्रदायका गुठी परिवारले १ र १ वटा रथ यात्रा गरि हरेक बर्ष यो जात्रा मनाउने गर्दछन् । दुबै गाउँबाट ल्याएको रथ दिनभर मन्दिरमा राखेर जात्रा मनाए पछि दुबै समुदायका मानिसहरु आ-आफ्नो गुठी अनुसार पुजा सम्पन्न गरि रथ यात्रा गरि फर्किने परम्परा रहि आएको छ ।
गाउँपालिका र नगरपालिका दुबैको एतिहासिक स्थलको रुपमा रहेको उक्त मन्दिरमा हरेक बर्ष बैशाख शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । डाँडाको टुप्पोमा अनि जङ्गलको बिचमा रहेको उक्त मन्दिरमा बर्षेनी हुने जात्रामा थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, हेटौंडा, फर्पिङ, काठमाडौ, भक्तपुर, ललितपुर लगायतका स्थानहरुबाट दर्शनको लागी भक्तजनहरु आउने गर्दछ्न ।
जङ्गलको बिचमा रहेको मन्दिरमा लाग्ने जात्राको लागी मन्दिर रङ्गरोगन, सरसफाइ, पसलको स्थल बुकिङ, लाइन ब्यवस्थापन, खानेपानी ब्यवस्थापन तथा सुरक्षा व्यवस्थापनका लागी तयारी गरिएको छ । नेवारी सम्प्रदाय मात्र नभइ स्थानिय बिभिन्न जातिको समेत महत्वपुर्ण पर्बको रुपमा रहेको महाचुनी जात्रा खड्बु र कपुगाउँका गुठी परिवारको समन्वय र सहकार्यमा संचालन हुने गर्दछ । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।