Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भूपू सैनिकको कार्यालय उद्घाटन, विभिन्न व्यक्तिहरु सम्मानित

IMG_20180313_131107-1521008574.jpg

थाहा नगरपालिकामा मंगलबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला कार्य समिति मकवानपुरले आफ्नो कार्यालय उद्घाटन गरेको छ । सो अवसरमा संघले विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरेको छ । थाहा नगरपालिका वडा नं ३ घट्टेचौरमा रहेको तरकारी संकलन केन्द्रसंगै रहेको भवनमा संघले कार्यालय स्थापना गरेको हो । सो अवसरमा गजेन्द्रबहादुर कार्की, खम्बध्वज खड्का, शिवकुमारी खत्री, यसोदा थापा,  ज्योती रायमाझी र जनककुमार हमाल ठकुरीलाई सम्मान गरिएको थियो । 


    संघको केन्द्रीय सभापति दिगम्बर समशेर जवराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि जवराले समिति मार्फत एकजुट हुन संघको भूमिका महत्वपूर्ण हुने बतए । अवकाश पछि भूतपूर्व सैनिकलाई रोजगारीको आवश्यकता रहने भएकाले सैनिक संघमार्फत् पशुपालन , कुखुरापालन लगायतका जिवन उपयोगी सीपतालिमहरु दिने गरिएको उनले बताए । उनले देवता पुज्दैमा धर्म नहुने तर कसैलाई सेवा र सहयोग गरे धर्म हुने बताए  । 


    सम्मानित ब्यक्तिहरुको तर्फबाट बोल्दै सम्मानित ज्योति रायमाझीले समाजमा सकारात्मक सोचको कमी भएकोले सबैमा सकारात्मक सोचको बिकासको लागि शुभकामना दिँदै नगरपालिकाले उपलब्ध गराएको कार्यालय भवन अस्थायी भएकोले नगरप्रमुखलाई कबुल पत्रमा हस्ताक्षर गराउनु पर्ने बताए । 


    कार्यक्रममा बोल्दै पालुङ बहुमुखी क्याम्पसका प्रमुख रामहरि अधिकारीले अन्य जिल्लाहरुमा झै मकवानपुरमा पनि महिलाहरूलाइ सम्मान गर्दै संगसंगै यात्रामा लान सके समाजको भलो हुने भएकाले मातृ शक्तिलाइ पनि अगाडी बढाउन अनुरोध गरे  ।
    नेपाल रेडक्रस सोसाइटी उपाशाखा दामन पालुङका सभापति राजकुमार केसीले नेपाल राष्ट्रिय भूतपूर्व सैैनिक संघका अवकाश प्राप्त सैनिकहरु अवकाश पछि पनि समाजमा सामाजिक कार्यमा अत्यन्त क्रियाशील भएर लागेको बताए ।


    कार्यक्रम नेपाल भूतपूर्व शैनिक संघका जिल्ला अध्यक्ष कमलकुमार केसीको अध्यक्षतामा भएको थियो भने सचिब सूर्यबहादुर थापाले सञ्चालन गरेका थिए कार्यक्रममा थाहा नगरपालिका वडा नं २ का वडा अध्यक्ष  गुप्तबहादुर कार्की, ५ का वडा अध्यक्ष  बिष्णुबहादुर गुरुङ, पाण्डुकेश्वर क्षेत्र बिकास समितिका अध्यक्ष जनक हमाल, पशु सेवा केन्द प्रमुख रागबेन्द्र मिश्र, पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपाली, समाजसेवी नवराज बिष्ट, नेपाली कांग्रेस थाहा नगर कमिटिका सभापति योगेन्द्रमान श्रेष्ठ लगायत नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रिय पदाधिकारी तथा स्थानिय बिभिन्न संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।