Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भूकम्पपीडितले छिट्टै ३ लाख ऋण पाउने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील ज्ञवालीले भूकम्प पीडितलाई सहुलियतपूर्ण ऋण चाँडै दिइने बताएका छन् ।

स्थानीय तहसँगको साझेदारीमा भूकम्प पीडितलाई सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण दिइने उनले बताएका हुन् । काभ्रे धुलिखेलको सञ्जीवनी उच्च माविको विद्यालय भवन अनुगमनमा आएका ज्ञवालीले पत्रकारसँगको कुराकानीमा सहुलियत ऋणको लागि रकम व्यवस्थापन भइसकेको बताएका हुन् ।

‘यसअघि सामूहिक ऋणको अवधारणा अगाडि ल्याइयो तर यसको प्रयोग नै गर्न पाइएन, अब स्थानीय सरकारसंगको साझेदारीमा नै भूकम्पको काम सम्पन्न गर्नुपर्ने हुन्छ’ उनले भने ‘हामीले ३ लाख सहुलियत ऋणका विषयमा काम अन्तिम चरणमा पुर्‍याएका छौं ।’

प्राविधिक कारणले केही वास्तविक पीडितले सरकारी अनुदानमा समस्या ब्यहोर्नुपरे पनि अब अन्त्य हुने बताए । ज्ञवालीले पुनर्निर्माणको द्रुत गतिमा लैजान अब स्थानीय सरकारबाट नै सम्बोधन गर्ने गरी काम गरिसकिएको बताए ।

-अनलाइनखबरबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)