nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भूकम्पपीडितले अब दोस्रो किस्तामा डेढ लाख रुपैयाँ पाउने
प्राधिकरणको सेवा जिल्ला तहमा विस्तार गरिने

भूकम्पपीडितले अब दोस्रो किस्तामा डेढ लाख रुपैयाँ पाउने भएका छन् । घर पुनर्निर्माणका लागि पहिलो किस्ता पाइसकेका भूकम्पपीडितहरुले यो रकम पाउने भएका हुन् । राष्ट्रिय पुर्न निर्माण प्राधिकरणले यस अघि दोस्रो किस्तामा ८० हजार रुपैयाँ पाउने व्यवस्था गरेकोमा  दोस्रो किस्तामा डेढ लाख रुपैयाँ दिने निर्णय प्रधानमन्त्रीको अध्यक्षतामा बसेको निर्देशक समितिले गरेको हो । १० असोजमा बसेको बैठकले व्यवस्था परिवर्तन गरेको हो । 
यद्यपी थप बजेट जुटाउनेबारे अर्थ मन्त्रालय र योजना आयोगसंग समन्वय गर्न भने बाँकी छ । निर्देशक समितिको बैठकले गरेको निर्णयका आधारमा अब घर पुनर्निर्माणका लागि भूकम्प पीडितले तीन लाख रुपैयाँ अनुदान पाउने भएका छन् । यसका लागि सरकारले कार्यविधि परिवर्तन गर्ने भएको छ ।
केपीओली नेतृत्वको सरकारले तत्कालिन प्रतिपक्ष कांग्रेससँग पहिलो किस्तामै डेढ लाख रुपैयाँ दिने सम्झौता भने प्रयोगविहीन भएको छ । झन्डै ७५ प्रतिशत भूकम्प पीडितलाई पहिलो किस्तामा ५० हजार रुपैयाँ वितरण भइसकेको छ । बाँकी परिवारलाई पनि ५० हजार रुपैयाँ नै वितरण गर्ने र जग निर्माणपछि मात्रै दोस्रो किस्तामा डेढ लाख दिने निर्णय भएको हो ।

यसैबीच भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणको कामलाई तिब्रता दिन प्राधिकरणका उपक्षेत्रीय कार्यालयलाई जिल्ला तहमा विस्तार गर्ने र हालका उपक्षेत्रीय कार्यालयलाई जिल्ला समन्वय समितिको सचिवालयका रुपमा परिणत गर्ने निर्णय पनि गरेको छ ।
उपक्षेत्रीय कार्यालयलाई जिल्ला तहमा विस्तार गर्दा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन सामान्य प्रशासन मन्त्रालयसँग समन्वयमा गर्ने गरी निर्णय गर्ने ज्ञवालीले बताए ।
प्राधिकरण अन्र्तगत हाल बढी प्रभावित १४ जिल्लाका लागि ६ वटा र कम प्रभावित १७ जिल्लाका लागि एउटा गरी सात वटा उपक्षेत्रीय कार्यालय छन् ।