Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भूकम्पपीडितलाई सीप विकास तालीम

थाहा नगरपालिकाको आग्रामा तीन दिने सीप विकास तालमि शुरु भएको छ । टियरफण्डको आर्थिक सहयोग, थाहा नगरपालिकाको समन्वय र राडो नेपालको आयोजनामा भूकम्पपीडितहरुका लागि तालमि संचालन भएको हो । 

तालीममा सुधारिएको चुल्हो निर्माण, आकाशे पानी संकलनका लागि गटर फिटिङ र चट्याङ प्रतिरोधी प्रविधि सम्बन्धी तालीम संचालन भइरहेको राडो नेपालका विष्णु धितालले जानकारी दिए । थाहा नगरपालिका वडा नम्बर ७ का लागि आग्राको देउखेलमा संचालन भएको तालीममा २२ जना र ८ नम्बरका लागि मोरियामा संचालन भइरहेको तालीममा २१ जनाको सहभागिता रहेको छ । 

तालीमका सहभागीहरुलाई चुडा अर्याल, इश्वरी दाहाल र रिपेश ऋद्धि दाहालले सहजीकरण गरिरहेका छन् । 

यसअघि राडो नेपालले थाहानगरपालिकाको वडा नं. ११ र १२ टिष्टुङमा पनि यस किसिमको तालीम संचालन गरेको थियो । टिष्टुङमा भएको तालीममा ५० जनाले सहभागिता जनाएका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०