nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भुकम्पपीडितलाई सहयोग गर्न गोगनेमा बृहत सांस्कृतिक कार्यक्रम

मकवानपुरको गोगानेमा क्रियाशील गोगने स्मार्ट यूथ क्लवले तिहारको अवसरमा तिहार विशेष सांस्कृतिक तथा चिठ्ठा कार्यक्रम २०७३ गर्ने भएको छ । मकवानपुरको गोगने गाविस वडा नंम्बर १ मा रहेको क्वलले कात्तिक १५ गते अर्थात तिहारको गोवद्र्धन पुजाका दिन “भुकम्प पिडित विद्यार्थीहरुको सहयोगार्थ” को लागि वृहत सांस्कृतिक तथा चिठ्ठा कार्यक्रम गर्न लागिएको क्लवका अध्यक्ष रुपक कालिराजले बताए । गोगने गाविसका भुकम्प पिडित चारजना विद्यार्थीहरुलाई एक वर्ष भरी पुग्ने शैक्षिक सामाग्री प्रदान गरिने जनाएको छ । 
साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकार तथा थाहा कला केन्द्रका कलाकारुहरुले गायन तथा नृत्य, हाँस्यव्यांग्यलगायत प्रस्तुति प्रहशन गर्ने क्लबलका उपाध्यक्ष बालकुमार कार्कीले जानकारी दिए ।  क्लबले पछिल्लो समय जुवाहरु तास जस्ता कुलतमा लागिरहेकाहरुको अवस्थालाई मनोरञ्जनात्मक तरिकाले टाढा राख्नको लागि यस्तो साँस्कृतिक कार्यक्रमले सहयोग गर्ने क्लबका अध्यक्ष कालिराजले विश्वास व्यक्त गरे । कार्यक्रमबाट संकलित रकमबाट भुकम्पपीडित विद्यार्थीहरुलाई पढ्नको लागि सहजता पुग्ने कालिराजले बताए । 
गोगने १ मा पहिलो पटक हुन लागिरहेको सामाजिक कार्यलाई सहयोग र सहकार्य गर्न आयोजकले अपिल गरेको छ । गोगने १ को बाखखोर डाँडामा विहान ११ बजे निर्धारित समयमै शुरु हुने कार्यक्रममा सहभागिता जनाउन क्लवका सचिव कृष्ण गोलेले अनुरोध गरेका छन् । 

-रुपक कालिराज