nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भिमफेदीका ५०५ जना चेपाङको निःशुल्क स्वास्थ्य बीमा

आर्थिक बिपन्नताका कारण स्वास्थ्य उपचारबाट बञ्चित हुँदै आएका मकवानपुरको भिमफेदी गाउँपलिकाका १०८ परिवार चेपाङ समुदायको स्वास्थ्य बीमा गरिएको छ । सामान्य रोगको समेत उपचार गराउन नसक्दा अकालमै मृत्युबरण गर्नु पर्ने बाध्यताबाट मुक्ति दिन गाउँपालिकाको लगानीमा १०८ परिवारका ५०५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो ।

Image may contain: 17 people, people sitting

गाउँपालिकाले ४ लाख १९ हजार रुपैयाँ लगानी गर्दै बिपन्न परिवारका चेपाङहरुको स्वास्थ्य बीमा गरिदिएको हो । बीमा भदौंबाट लागू हुने गाउँपालिका कार्यालयले जनाएको छ । बीमा गरिएका परिवारलाई शुक्रबार गाउँपालिकाले बीमा कार्ड हस्तान्तरण गरेको छ । गाउँपालिका वडानम्बर-२ कार्यालयबाट बीमा गरिएका परिवारको सदस्यलाई गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवर, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्टले परिचय पत्र बितरण गरेका थिए ।

स्वयमसेवक परिचालन गरी बिपन्न चेपाङ समुदायको तथ्याङक संकलन गरी बीमा गरिएको कार्यालयले जनाएको छ । संकलित तथ्याङकअनुसार गाउँपालिकाको ५ र ८ नम्बर वडा बाहेक अन्य सबै वडामा चेपाङ समुदायको बासोबार रहेको कार्यालयका स्वास्थय संयोजक ध्रुवप्रसाद लामिछानेले जानकारी दिए । तथ्याङक अनुसार १ मा २६ परिवारमा ७५ जना, २ मा २० परिवारको ८३ जना, ३ मा ४ परिवारको १५ जना, ४ मा ८ परिवारका २५ जना, ६ मा २५ परिवारको १३७ जना, ७ मा १ परिवारको २१ जना र ९ मा २७ परिवारको १३९ जना चेपाङहरुको स्वास्थ्य बीमा गरिएको छ ।परिचय पत्र बितरण गर्दै गाउँपालिका अध्यक्ष हिदम लामाले समान्य रोगका कारण अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता अन्त्य भएको बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)