Monday, 7th September, 2026
वि.स.

भीमफेदी स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा शुरु

नेपाल सरकार जनस्वास्थ मकवानपुरको कार्यक्रम अनुसार प्राथमिक स्वासथ केन्द्र भीमफेदीमा सुरक्षित गर्भपतन सोव शुरु गरिएको छ । जिल्ला जनस्वास्थ कार्यालयको आयोजना तथा आइपास संस्थाको सहयोगमा २४ मंसीरबाट प्राथमिक स्वास्थ केन्द्र भीमफेदीमा शुरु भएको हो ।  स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिका पदाधिकारी, महेन्द्र उच्च मावि किशोर किशोरी प्रतिनिधि, महिला स्वास्थ स्वयमसेविका, प्राथमिक स्वास्थ केन्द्र भीमफेदी कर्मचारी बीच कार्यदल संयोजक सुरेन्द्र राज थिकेको सभाध्यक्षता तथा जन स्वास्थ कार्यालयका प.हे.न. मिलन घिमिरेको प्रमुख आतिथ्यमा सेवा शुरु गरिएको हो । 

कार्यक्रमको सहजिकरण गर्नु हुदै आइपास संस्थाका कार्यक्रम संयोजक उषा ढकालले तिन महिने कार्य पत्र तथा आधारभुत संरचनामा सहयोग हुने अपेक्षा ब्यक्त गरेकी थिइन् ।  कार्यक्रममा तालीम प्राप्त दक्ष कर्मचारी जुना घिसिङ्गले सुरक्षीत गर्भपतन सेवा संबन्धि महत्वपुण जानकारी साथ सुरक्षीत गर्भपतन सम्बन्धि कानुनी ब्यबस्था र कानुनमा तोके अनुसार गर्भबती महिलाको मञ्जुरीमा सुरक्षित गर्भपतन गर्न पाइने अबस्थाहरु बारे सहजिकरण गरेको थीयो । जन स्वास्थ कार्यालयका प.हे.न. मिलन घिमिरेले कस्तो अबस्थामा गर्न पाइने तथा कुन अबस्थाका गर्भबतीले गर्भपतन गर्न नपाइने बार सहजिकरण गरेको थियो । 

कार्यक्रम सञ्चालन बाट पहुचमा नपुगेका बिपन्न गभृबती महिला लाय प्रत्यक्ष लाभ हुने तथा आर्थीक समसया बाट समेत राहत मील्ने र यस कार्यक्रममा सम्बन्धित सरोकार संघ संस्थामा पहल गर्न प्राथमिक स्वास्थ केन्द्र भीमफेदी ब्यबस्थापन समितिको पुर्ण सहयोग हुने जानकारी कार्यदल संयोजक सुरेन्द्र राज थीकेले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०