nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमफेदीमा स्काउट अभिमुखीकरण

IMG_20210723_221758-1627058036.jpg

भीमफेदी गाउँपालिकामा ८ साउनमा स्काउटसम्बन्धी १ दिने प्रशिक्षण तथा अभिमुखीकरण  सम्पन्न्न भएको छ। 

नेपाल स्काउट बागमती प्रदेश स्काउटअन्तर्गत स्थानीय स्काउट कार्यालय भीमफेदीले युवाहरुलाई स्काउटबारे अभिमुखीकरण  गरेकाे हाे ।

युवा  पुस्तालाई स्काउटिङ गतिविधिमा सामेल गराउने र स्काउट भोलेन्टियरहरु उत्पादन गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको स्थानीय स्कनउट समिति भीमफेदीका संयोजक आशिष अस्लामीले बताउनुभयो । 

कार्यक्रमको उद्घाटन सत्रमा स्थानीय स्काउटक संरक्षक एवम् पालिका प्रमुख हिदम लामाले मन्तव्य व्यक्त गर्दै  भीमफेदी स्काउट मानवीय तथा सामाजिक हितको काममा सक्रिय भएकोमा आफुलाई मन परेको र भोलिका गतिबिधिमा आफू सधै अभिभावकको भूमिका निर्वाह गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

३५ जना युवाहरुको सहभागिता रहेको कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा बागमती प्रदेश स्काउट सदस्य असोक सारु रहेका थिए भने साहायक प्रशिक्षकको रुपमा स्काउट भीमफेदी संयोजक आशिष अस्लामी  र रोभर लिडर अनिल आचार्य रहेका थिए ।  

१६ देखि २४ बर्ष उमेरका युवालाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएकाे स्थानीय स्काउट समिति सदस्य राजिब परियार  बताए ।

कार्यक्रममा भीमफेदी गाउँपालिका शिक्षा शाखाका प्रतिनिधि  एवम् स्काउट सदस्य सचिव गोविन्दप्रसाद चौलागाईं, प्रशासन शाखा प्रमुख रविचन्द्र थापा लगायतकाे  उपस्थिति रहेको थियो



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com