Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीमफेदीको महिला जागृतिले मनायो १८औं स्थापना दिवस

मकवानपुरको महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमटिेड भीमफेदीको १८औं स्थापना दिवस वृहत्त समारोहकाबीच मनाइएको छ ।  महिला जागृति मकवानपुर जिल्लाको पहिलो महिला सहकारी संस्था हो । 

प्लान इन्टरनेशनल मकवानपुर भीमफेदी क्लष्टरकी विकास संयोजक सरस्वती लामाको प्रमुख आतीथ्य तथा सहकारीकी अध्यक्ष रीता आलेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । सहकारीका सचिव र्निमला थापाले सञ्चालन गरेको कार्यक्रमका उपस्थित अतिथिहरुलाई उपाध्यक्ष चेत कुमारी पुडासैनीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नंम्बर ५ र ६ का संयुक्त वडा कार्यालय सचिव बद्री सापकोटा, सुपिङ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जहार सिं लामा, समाजसेवी तथा पत्रकार सुरेन्द्र राज थिके, र शेयर सदस्य दिल कुमारी बलले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष भगबती पुडासैनीले संस्थाको गतीविधी बारे  जानकारी गराएकी थिइन् । संस्थाले वार्षिक आठ करोडको कारोबार गरेको संस्थाले जनाएको छ । संस्थामा कुल ८४ तहगत समुहमा १ हजार दुईसय भन्दा बढि महिला आवद्ध छन् ।

-सुरेन्द्र राज थिके/भिमफेदी