Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीमफेदीको धोगफेदी पुल नजिक महिनादेखि वेवारिसे कार

Car-1555648839.jpg

 भीमफेदी गाउँपालिका वडा नं. ६ धोगफेदी पुल नजिक बिगत एक महिनादेखि कार वेवारिसे अवस्थामा रहेको छ ।

बा ४ च ३७८४ नं. को रातो रंगको कार अलपत्र रहेको छ । उक्त कार अहिले जिर्ण भई सकेको छ । कार धनी सम्पर्कमा नआउँदा सडकमै वेवारिसे अवस्थामा कार रहेको हो । भीमफेदी ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक सन्त कुमार लामाले उक्त कार प्रदेश नं. २ बाराका व्यक्तिको रहेको जानकारी दिए । उनका अनुसार कार धनीलेले रिकण्डिसनमा बिक्रि गरेको खुल्न आएको छ ।

कार हाल कसको मातहतमा रहेको कस्ले यहाँ ल्याएको सम्बन्धमा जानकारी नभएको जानकारी प्रप्त भएको छ । वेवारिसे कार जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाउन लागिएको जनाइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०