nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमफेदीका दुग्ध किसानलाई प्रोत्साहन

मकवानपुरको भीमफेदी गाउँपालिका–५ सुपिङस्थित श्री सुपिङ दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादन तथा बजारीकरणको आधारमा प्राप्त प्रोत्साहन रकम कृषकलाई वितरण गरेको छ । संस्थाले २० साउनमा एक कार्यक्रमको आयोजना गरी १ लाख ९२ हजार  आज कृषकलाई वितरण गरेको हो ।


कार्यक्रममा वार्षिक रुपमा सबै भन्दा राम्रो र बढि दुध उत्पादन गर्ने  ७ जना कृषकलाई प्रोत्साहन स्वरुप प्रति लिटर रु. १ का दरले रकम प्रदान गरिएको थियो । यसरी वितरणको क्रममा बार्षिक ४ हजार ७ सय ३२ लिटर दुग्ध बिक्री गरी बिनोद पौडेलले ४ हजार ७ सय ३२ प्रोत्साहन रकम हात पार्न सफल भएका छन् । यसै गरी सुभद्रा पुडासैनीले ४ हजार ६ सय २२,अम्बरनाथ पुडासैनीले ४ हजार ४ सय २०,भवानी अर्यालले ४ हजार १ सय ६९ का साथै अन्य कृषकले ३ हजारसम्म  प्राप्त गरेका थिए ।


कार्यक्रममा रकम प्राप्त कृषकलाई स्थानीय खैचडी बाजाले स्वागत तथा सम्मान गरिएको स्थानियसुरेन्द्र थीकेले जानकारी दिए । जिल्ला पशु सेवा कार्यालयको कार्यक्रम अन्तर्गत संस्थाको आयोजनामा भएको कार्यक्रम संस्थाका अध्यक्ष तथा भीमफेदी गाउँपालिका वडान। ५ का अध्यक्ष जहार सिं लामाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा भएको हो ।