Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमफेदी कारागारको एकजना बालबन्दिसहित ८ जनालाई कैदमाफी

bhimfedi-karagar-1590650405.jpg

गणतन्त्र दिवसको अवसरमा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका एक बालबन्दीसहित ८ जनालाई कैदमाफी दिइएको छ । भीमफेदी कारागार कार्यालयले सिफारिस गरेका १५ जना मध्ये ८ जनालाई कैदमाफी दिइएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् ।

विभिन्न मुद्दामा दोषी ठहर भई बन्दी जिवनमा असल आचरण प्रस्तुत गरेका, ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका व्यक्तिको कैदमाफीका लागि सरकारले सिफारिस गरेको हो । कैद माफी पाउनेमा हेटौंडा–१७ का रुपेश नेपाल, सर्लाहीका अब्बु मोहम्मद अन्सारी, नवलपुरका मानबहादुर महतो, बर्दियाका केशवबहादुर भुजेल, गुल्मीका नरबहादुर सार्की, काभ्रेका रोमन लामा र महोत्तरीका टंकबहादुर खड्का रहेको भीमफेदी कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिए ।  कारागारमा अहिले ९६० जना कैदीबन्दी छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)