nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमफेदीकाे राम्राे काम: सक्नेलाई वडामा नसक्नेलाई घरमै पुगेर भत्ता वितरण

IMG_20210721_181249-1626870523.jpg

भीमफेदी  गाउँपालिकाले  वडावडामै सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे छ । 

बैंकमा गएर भत्ता बुझ्न नसकेका लाभग्राहीहरुलाई वडा वडामै सिविर सञ्चालन गरी भत्ता वितरण गरिएकाे हाे । 

वडा कार्यालयमा पनि आउन नसक्ने लाभग्राहीहरुलाई घरघरमै पुगेर भत्ता  वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती रानाले बताए । वडा कर्यालयबाट टाढा रहेका लाभग्राहीहरुलाई वडाको सिफारिसको आधारमा संरक्षणकमार्फत् भत्ता  वितरण गरिने व्यवस्था मिलाइएको छ । 

भीमफेदी गाउँपालिका र नेपाल  इन्भेष्टमेन्ट बैंकबीच भएकाे  सम्झौताबमाेजिम वडा  नं. १,२,३ र ९ का ७० बर्ष माथिका जेष्ठ नागरिक, जेष्ठ एकल महिला,जेष्ठ नागरिक दलित, असहाय एकल महिला, क वर्गको अपांग, ख वर्ग अपांग र दलित बालबालिका लगायतलाई  वडा अध्यक्ष र वडाका कर्मचारीले  भत्ता  वितरण गरेका थिए  ।  

घरघरमै  पुगेर भत्ता वितरण गर्दा लाभग्राहीहरु खुशी भएका छ्न् । 

संघीय सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गरेपछि गत २०७७/२०७८को दोस्रो चौमासिकदेखि बैंकमार्फत् भत्ता बितरण गर्न थालेकाे हो ।



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com