Monday, 7th September, 2026
वि.स.

भिमफेदीमा पाठेघरको क्यान्सरसम्बन्धी परिक्षण

मकवानपुरको भिमफेदीमा पाठेघरमा हुने क्यान्सरको जाँच शिविर गरिएको छ । चितवन मेडिकल कलेज अफ नर्सिङका प्रशिक्षार्थी स्टाफ नर्स समुहको आयोजना तथा प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीको ब्यबस्थापन र भिमफेदी गाउँपालिकाको समन्वयमा परिक्षण शिविर भएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीका मेडिकल अधिकृत डा. रबि गुरुङको अध्यक्षता तथा प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीका अध्यक्ष सिताराम थापाको प्रमुख आतिथ्यमा भएको शिबिरमा रेडक्रस उपशाखा सभापति सानु थापा, भिमफेदी गाउँपालिकाका लेखापाल प्रकाश खतिवडा, स्थानीय नेता शिबराज पुडासैनी लगायत बि.पि.मेमोरीयल क्यान्सर अस्पताल प्रोफेसर बसंन्त थापा, संक्रमित रोग फाँटका सिनियर स्टाफ नर्स मन्जु भट्टराई,तारा दवाडी र एम .टि.आइ.का ल्याब टेक्नेसियनको उपस्थिति रहेको संचारकर्मी सुरेन्द्रराज थिकेले जानकारी दिए ।

शिविरका ६५ जनाको परिक्षण भएकोमा १ जना क्यान्सर संक्रमित, ५ जना पहिलो चरणका रोगी तथा २५ जनामा योैन रोग संक्रमण भएको पाएको कार्यक्रमकी प्रस्तोता प्रशिक्षार्थी स्टाफ नर्स सिता क्षेत्रीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०