Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भिमफेदीबाट चरेश सहित दुइजना पक्राउ

IMG_5604-1576224178.jpg

चरेश निकासी गर्न लागिएको अवस्थामा मकवानपुरको भिमफेदीबाट प्रहरीले दुईजनालाई मोटरसाईकल सहित पक्राउ गरेको छ । लागुऔषध चरेससहित पक्राउ परेका २ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज सार्वजनिक गरेको हो ।

भैंसे प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटिएको टोलीले भिमफेदी गाउँपालिका २ बाट १० किलो २५० ग्राम चरेस सहित २ जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका ७ का अरबिन्द कुमार पटेल र आदर्श कोतवाल गाउँपालिका १ का सुल्तान मियाँ रहेका छन् । उनीहरुको साथबाट बा ४० प ७२४० नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पटेल र मियाँ माथी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो । उनीहरुले चरेश भारत निकासी गर्न लागेको बुझिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०