Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भारतमा सुतिरहेका मजदुरमाथि रेल चल्दा १६ जनाको मृत्यु

dead-at-railway-1588925489.jpg

भारतको महाराष्ट्र प्रान्तमा स्थित औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

भारतका रेलमन्त्री पियुष गोयलका अनुसार आफ्नो घर हिँडेका मजदुरहरू राति रेलको लिगमा सुतिरहेका थिए । बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गर्दै रेलमन्त्रीलाई आवश्यक सबै सहयोगको लागि निर्देशन दिएको बताएका छन् ।

औरंगाबादका एसपी मोक्षदा पाटिलका अनुसार सबै मजदुरहरू औरंगाबाद नजिकै रहेको जालनाको उक स्टिल कारखानामा काम गर्थे । उनीहरू भुसावल भन्ने स्थानतर्फ गइरहेका थिए । उनीहरूलाई औरंगाबादबाट रेल पाइन्छ भनेर सुनाइएको थियो । रात परेपछि उनीहरू रेलको लिगमा नै सुतेका थिए । रेल आउँदा उनीहरू सुतिरहेको कारण उनीहरुले भाग्ने मौका पाएनन् ।

रेलमन्त्री गोयलका अनुसार चालकले मजदुरहरू लिगमा सुतिरहेको देखेपछि रेल रोक्ने प्रयास गरेका थिए । तर, उनले मजदुरहरूलाई बचाउन भने सकेनन् । मृत्यु हुने सबै मध्यप्रदेशका नागरिक रहेको बताइएको छ ।

स्रोत : अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०