Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार नाग्यो , सात हजार ६ सय ९५ जना निको

corona-1588143615.jpg

भारतमा कोरोना भाइरस (कोभिड १९)सङ्क्रमणका कारण एक हजारभन्दा बढीको ज्यान गएको छ ।

गएको २४ घण्टामा ७० जनाभन्दा धेरैको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात पुगेको भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । यस्तै थप एक हजार आठ सय ९७ जना नयाँ बिरामी थपिएर ३१ हजार तीन सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार सात हजार ६ सय ९५ जना भने उपचारपछि निको भएका छन् ।

यसैबीच कोरोनाको उद्गमस्थल देश चीनमा नयाँ बिरामी तथा ज्यान गुमाउनेको सङ्ख्या घट्दै गएको छ । चीनमा हिजो कोरोना सङ्क्रमणका २२ जना नयाँ बिरामी थपिए पनि कसैको पनि ज्यान गएको छैन । अहिलेसम्म चीनमा चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०