Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भव्यताको साथ पालुङ बहउद्देश्यीयले मनायो महिला दिवस

मकवानपुर उत्तरी क्षेत्र थाहा नगरपालिकामा विविध कार्यक्रमका साथ  १०९ औं महिला दिवस भव्य रुपमा मनाएको छ । प्रत्येक वर्ष मार्च ८ गते मनाइने महिला दिवस यस वर्ष “लैंगिक समानताका लागि समान सोंच र व्यवहारः समृद्धिको आधार” भन्ने मूल नाराका साथ पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा थाहा नगरपालिकाको पालुङ, बज्रवाराही र चित्लाङमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी महिला दिवस मनाइएको हो । पालुङमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीको सभाध्यक्षता, थाहा नगरपालिकाका उप प्रमुख खडग गोपालीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सञ्चार सहकारी संघका अध्यक्ष तथा संस्थाका संस्थापक विष्णुहरि ढकालको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले महिलाहरुले परनिर्भरता त्यागी आत्म निर्भर बन्नको लागि हरतवरले महिला सशक्त बनेमा नारी मुक्ति र स्वतन्त्रताको निम्ति गरेका सघर्षहरु सफल भई नारी दिवस मनाउनुको सार्थकता हुने विषयमा जोड दिए । 

थाहा नगरपालिकाका उप प्रमुख खड्क गोपालीले महिलाहरु स्वरोजगारको लागि लाग्नुपर्ने र त्यसका लागि नगरपालिकाबाट गर्न सक्ने कुनै सहयोगमा आफू कुनै पनि हालतमा पछि नहटने धारणा व्यक्त गरे । गोपालीले नगरपालिकाबाट महिला लक्षित कार्यक्रम अन्तर्गत धेरै ओटा सीपमूलक तालिमहरु आयोजना सञ्चालन भएको र उल्लेखनीय सभागितामा हुँदा समेत  तालिम पश्चात सीपलार्ई प्रयोगमा नल्याएकोले प्रति दुःख व्यक्त गरे । कार्यक्रममा संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीले महिला दिवसको महत्व र सहकारीले प्रत्येक वर्ष दिवस मनाउनुको औचित्य माथि प्रकाश पारेका थिए ।

पालुङ बहउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय थानाबजारमा आयोजित कार्यक्रम ।

महिला दिवस कार्यक्रममा महिला आय आर्जन समूहका लक्ष्मी कार्की, थाहा–४ का महिला सदस्य आरती तामाङ, थाहा–२ का महिला सदस्य जानुका ढकाल, थाहा–३ का वडा अध्यक्ष राजेश के.सी., पालुङ जेसीज वर्ष २०१९ का अध्यक्ष कुमार नेगी, साना किसान कृषि सहकारी संस्था लि. बज्रवाराहीका अध्यक्ष महेश्वर सुवेदी, केन्द्रीय सञ्चार सहकारी संघका अध्यक्ष तथा संस्थाका संस्थापक विष्णुहरि ढकाल, सञ्चालक सदस्य आरती श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  

उल्लेखनीय महिलाहरु बीच भएको कार्यक्रममा महिलाहरुले महिला शसक्तिकरण सम्वन्धी गीत तथा कविता प्रस्ुतत गरेका थिए ।
यसै गरी बज्रवाराहीको सरस्वती बजारमा भएको कार्यक्रममा संस्थाका सचिव अरुण रायमाझीको सभाध्यक्षता तथा थाहा–६ का वडा अध्यक्ष शशिधर सुवेदी र चित्लाङमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण बहादुर विष्टको सभाध्यक्षतामा थाहा–९ का वडा अध्यक्ष हिरा बहादुर गमालको प्रमुख आतिथ्यता तथा बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष विमल कुमार ढकालको विशिष्ट आतिथ्यतामा भएको थियो । सो कार्यक्रमहरुमा थाहा–९ का महिला सदस्य शारदा लामिछाने, नाटेश्वर मावि टौखेलका शिक्षक दिपक नेपाल, थाहा–५ का महिला सदस्य चमेली वाइबा, निष्पक्ष युवा कलबका अध्यक्ष निराजन गोपाली लगायतले  मन्तव्य व्यक्त गरेका थिए ।     

यसै गरी थाहा नगरपालिकाको लालि गुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था लि. चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लि. तथा महिला जागृति बचत तथा ऋण सहकारी संस्था लि.ले समेत छुट्टाछुट्टै कार्यक्रम गरी महिला दिवस मनाएको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०