nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छन् । दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत पाएका छन् । दाहालले जम्मा २०३ मतले पछि पारेकी हुन् । 

त्यस्तै उपमेयरमा पनि गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् । शाहले ४७ हजार १९७ मत ल्याएर निर्वाचित भइन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्याशर्मा आचार्यले ३९ हजार ५२५ मत पाएकी छन् ।

भरतपुर वडा नम्बर १९ को मतगणनाको क्रममा १४ जेठ राति माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएपछि सर्वोच्चको आदेशअनुसार २० साउनमा पुनः मतदान गराइएको थियो ।

कुल वडामा कुन दलले जिते ?

भरतपुर महानगरपालिका २९ वटा मध्ये १४ वटा वडा एमालेले जितेको छ । एमाले बहुमत वडा जित्नबाट चुकेको छ । यस्तै, १२ वटा कांग्रेसले र ३ वटा वडा माओवादीले जितेको छ ।

महानगरको वडा नम्बर २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ एमालेले जितेको छ । कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ नम्वर वडा जितेको छ । माओवादीले १३, २५ र २६ नम्वर वडा जिते