Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भक्तपुर केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प

earthquake1-1562412037.jpg

भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

भूकम्पको धक्का नयाँ नभएर २०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताइएको छ । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस गरिएको छ । भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् ।