nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बेरुजु फछ्र्यौटमा थाहानगर देशकै सर्वोत्कृष्ट, मन्त्रालयबाट पुरस्कृत

Thaha-00-1594796719.jpg

मकवानपुरको थाहा नगरपालिका देशमै सर्वोउत्कृष्ट भई पुरस्कृत भएको  छ । आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु अंकको ९६.०६ प्रतिशत फछ्र्यौट गरेकोमा थाहा नगरपालिलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेको हो । थाहा नगरपालिका देशकै एक मात्र पुरस्कृत स्थानीय तह हो ।

आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षणबाट जम्मा २.५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई देशभरकै सर्वोत्कृष्ट घोषणा गरेको छ । असार ३० गते नेपाल सरकार सचिवस्तरको निर्णयबाट निर्णयसहित घोषणा भएको हो । बेरुजु फछुर्यौट कार्ययोजना र मार्गदर्शन अनुसार उक्त कार्यमा सहभागी कर्मचारीहरुलाई प्रशंसापत्र सहित पुरस्कृत गर्ने मन्त्रालयको निर्णय छ । 

अघिल्लो आर्थिक वर्ष देशभरको उत्कृष्ट ४ मा पर्न सफल थाहा नगरपालिका यसवर्ष मुलुकभरको ७ सय ५२ स्थानीय तहलाई पछि पार्दै बेरुजु फछ्र्योटमा सर्वोउत्कृष्ट घोषित हो । महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा ४ प्रतिशत भन्दा कम बेरुजु हुने कार्यालयलाई आर्थिक अनुशासन राम्रो भएको मानिन्छ । तर थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा कार्यालयको बेरुजु जम्मा २.५४ प्रतिशत मात्र कायम गरेको छ ।

थाहा नगरपालिकाको आर्थिक वर्ष २०७४/०७४ सम्मको नियमित गर्नुपर्ने १४ लाख ७१ हजार, अशुल गर्नुपर्ने ६४ लाख ४ हजार र पेश्की ७६ लाख ८९ हजार गरी जम्मा १ करोड ५५ लाख ६५ हजार पेश्की बाँकी भएकोमा नियमित गर्नुपर्ने १४ लाख ७१ हजार, अशुल गर्ने ६० लाख १३ हजार र पेश्की फछ्र्यौट ७४ लाख ६७ हजार गरी कुल १ करोड ४९ लाख ५२ हजार बेरुजु फछ्र्यौट भएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी गराउनु भयो । नगरपालिकाको तर्फबाट उल्लेख्य कार्य गरेकोमा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र लेखा अधिकृत विष्णु भुसाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनही ५ हजार पुरस्कार र सम्मान पत्र प्रदान गरेको छ ।  

नगरपालिका पुरस्कृत भएपछि नगरप्रमुख लवशेर विष्टले यस कार्यमा उल्लेखनीय योगदान पु¥याउनुहुने प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका छन् । उनले उपलब्धीलाई सँधै जोगाइराख्न समेत कर्मचारीहरुलाई अनुरोध गरे । आर्थिक अनुशासनमा देशमै सर्वोत्कृष्ट घोषित भएकोमा नगर प्रमुख विष्टले सबैप्रति आभार व्यक्त गरे । 

मन्त्रलयबाट प्राप्त पत्रः

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्र ।


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)